काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको मुद्धा लामो र अबिराम राजनीतिक यात्रा भएको बताउनु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्रीले सरकार संविधान संशोधनको गृहकार्यमा रहेको बताउँदै संविधान संशोधनले पहिचानको मुद्धालाई अझै स्थापित गर्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले नेपाल सम्वत् नेपालकै मौलिक सम्वत् भएकाले यसलाई स्थापित र व्यवहारमा कार्यान्वयन गर्न सबै क्षेत्रबाट पहल हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संघीय समाजवादी फोरमका नेता अशोक राईले पहिचान र अधिकारको आन्दोलनमा प्रचण्डको बिशिष्ट योगदान रहेको बताउँदै आफूहरुले नयाँ संविधानमा आफ्नो अनुहार देख्न चाहेको बताउनु भयो । कार्यक्रममा नेता राजेन्द्र श्रेष्ठ, कुमार लिङ्देन लगायतले बोल्नु भएको थियो ।