
बिगत एक दशक अघिदेखि पत्रकारितामा सक्रिय मजगैंया रेडियो तथा टेलिभिजन पत्रकारिता मार्फत चर्चित छ्न । दाङबाट प्रकाशन भएको खोजतलास मासिकमा प्रबन्ध सम्पादक तथा लोकप्रिय साहित्यिक द्वैमासिक र निर्झर साहित्यिक पत्रीकामा प्रधान सम्पादकको जिम्मेवारी निभाएका मजगैंयाको काठमाडौंका क्यापिटल एफ.एम,राजधानी एफ.एम,गोर्खा एफ.एम र हिमालय टेलिभिजनमा कार्यक्रम उत्पादक ,प्रस्तोता र समाचार वाचकको कार्यानुभव छ ।
अङ्ग्रेजी साहित्यमा एम.ए र कानुनमा एल.एल.बि गरेका मजगैंया आफैमा राम्रा लेखक पनि हुन । दर्जनौं आधुनिक गीत,गजल,फिल्मी गीतहरु र प्रकाशित कृतिहरुबाट गीत,सङ्गीतको क्षेत्रमा उनको राम्रो परिचय छ । आवाज ईन्टरनेशनल,भ्वाइस अफ दि भ्वाइसलेस प्रा.लिका प्रबन्ध निर्देशक समेत रहेका मजगैंयाले नेपाल साङ्गीतिक संघ,सङ्गीत रोयल्टी संकलन समाज नेपाल,असल शासन संरक्षन मंच,रापती समाज काठमाडौं,राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपाल जस्ता सामाजिक संघ सस्थाको नेतृत्वपङ्तिमा सक्रिय रहि सफल सामाजिक अभियन्ताको रुपमा समाजलाई महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
मजगैंयाले हालै यूएस खबर अनलाइन मिडिया ग्रुप अन्तर्गत नेपाल च्याप्टरको व्यवस्थापक प्रमुखको जिम्मेवारी समेत पाएका छन् ।