घोराही,१ जेठ । सामुदायिक रेडियोहरुले जनप्रतिनिधिहरुको सामुदायिक रेडियो प्रसारक सघका केन्द्रीय अध्यक्ष मोहन चापागाईले सामुदायिक रेडियोले समाज रुपान्तरण र सामाजिक विकाशमा अहम भुमिका निर्बाह गनुृपर्ने कुरामा जोड दिनुभएको छ ।
रेडियोले समुदायमा दबिएका ब्यक्ति समुदायको आवाज बुलन्द गर्दे आएको बताउदै रेडियोले अब समुदायको आबश्यकताको पहिचान गरि सोही अनुसारका कार्यक्रम चलाउनुपर्ने बताउनुभएको चापागाईले बताउनुभउको थियो । रेडियो सचालन समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले देशका उपलव्धीहरुलाई सस्थागत गर्दै सामाजिक परिवर्तनका पक्षमा रेडियोले भुमिका खेल्नुपर्ने बताउनुभएको थियो । रेडियोको दायित्व मानिसहरुलाई मनोरञ्जनसँगै सचेतना फैलाउने समेत भएकाले मानिसहरुलाई सचेत बनाउने खालका कार्यक्रमहरु समेत प्रसारण गर्नुपर्ने शर्माले बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले स्वतन्त्र,निष्पक्ष र तथ्यमा आधारित रहेर समाचार प्रशारण गर्नु आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सुदिप गौतम, नेपाली काग्रेसका जिल्ला सचिब शकर डागी, एकिकृत नेकपा माओबादीका जिल्ला उपाध्यक्ष निर्माल आचार्य ,नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष लक्ष्मण आचार्य, राजमोका काशिनाथ पोख्रेल, सकल्प महिला सचार सस्थाका अध्यक्ष लिला शाह लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा उत्कृष्ट बिज्ञापन दाता, कार्यक्रम प्रस्तोता लगायतलाई पुरस्कृत गरिएको थियो । सञ्चालक समितिका उपाध्यक्ष शुसिल गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सचालन समितिका सचिव सुर्दशन रिजालले गर्नुभएको थियो ।