कपिलवस्तु (चन्द्रौटा) १३ कार्तिक । कपिलवस्तुको चन्द्रौटामा पछिल्लो समयमा मोटरसाइकल चोरिका घटनाहरु व्यापक रुपमा बढ्दै आएका थिए । दशैको आसपासमा मात्र यस क्षेत्रवाट पाँच वटा मोटरसाइकल चोरि भए । आठ महिनाको अन्तरालमै आठ वटा भन्दा वढि मोटरसाइकल चोरि हुदा स्थानियहरुले प्रहरि प्रशासनलाई समेत संका गर्न थालिसकेका थिए ।चोरहरुको भेला भएको समेत विभिन्न संचार माध्यममा आइसकेको थियो ।
प्रहरि अन्य चार मोटरसाइल सहित चोरि गर्ने चार व्याक्तिलाई नियन्त्रणमा लिइ शुक्रवार सार्वजनिक गरेको छ । अहिले सम्म सिराज खान,तिलक गैरे,अनुरुद्ध सापकोटा,विष्णु हमाल,आर्यन खान,केश वहादुर सिंजालि को मोटरसाइक फेला परिसकेको छ । अन्यको खोजि भइरहेको वडा प्रहरि कार्यलय चन्द्रौटका प्रहरि निरिक्षक झविन्द्र भट्टराइले जानकारि दिनु भएको छ
पक्राउ पर्नेमा दाङ लमही नगरपालिका २ का १८ वर्षिय सन्तोष लामा, सोहि ठाउ वस्ने २१ वर्षीय लक्ष्मण थारु,लमही नगरपालिका ८ वस्ने ३० वर्षीय ओसिम खान र सोहि ठाउ वस्ने १७ वर्षीय अंकुर न्यौपाने रहेका छन ।चोरि गर्ने व्यक्तिलाई कानुन अनुसार कारवाहि गरिने प्रहरि निरिक्षक भट्टराइले वताउनुभयो ।