उपाधि चुमेको गोर्खा उच्च माबिले नगद एक लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा दोस्रो हुने द लोटसले नगद ५० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजन गरी प्रतियोगिताको समापन गरिएको छ । आयोजक संस्था दाङ युवा मञ्चका संयोजक दिपेन्द्र पुनको अध्यक्षता एवं सांसद राजु खनालको प्रमुख आतिथ्यता र राप्ती ग्यास उद्योगका प्रबन्ध निर्देशन खड्ग बुढाथोकीको बिशिष्ट आतिथ्यतामा समापन कार्यक्रमा भएको हो ।
कार्तिक ३ गतेबाट सुरुभएको खेलमा १४ वटा समुहहरुले सहभागिता जनाएका थिए ।
