विराटनगर, १२ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
तर, सरकारले छठलगत्तै संविधान संशोधनको तयारी गरिरहेको छ । गौतमले यदी मधेसीहरुमा हिम्मत भए संविधान संशोधान गरेर देखाउन चुनौती दिए ।
कांग्रेस र माओवादी केन्द्रंले संविधान संशोधन गर्ने भने पनि यसबारेमा एमालेसँग कुनै परामर्श नगरेको उपाध्यक्ष गौतमले प्रष्ट पारे ।