Indrenionline.com

कांग्रेसभित्र चुलिदै महाअभियोग विवाद, गगन मन्त्रीबाट राजिनामा दिने तयारीमा

काठमाडौं, १२ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको विषयमा काग्रेसभित्र पक्ष र विपक्षमा मत बाँडिएको छ । एक पक्षले महाभियोग स्वीकार गर्न आनाकानी गरिरहेको छ भने अर्काे पक्षले महाअभियोग स्वीकारर्नेमा छ । लोकमानको महाभियोगलाई लिएर काग्रेसका नेताहरुबीच चरम असन्तुष्टि फैलिएको छ ।

यसैलाई लिएर स्वास्थ्य मन्त्री समेत रहेका गगन थापाले कांग्रेस महाअभियोगको पक्षमा नउभिए मन्त्रीबाट राजिनाम नै दिने तयारीमा छन् ।
लोकमानले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र गरेको भन्दै संसदमा महाभियोग दर्ता भएपछि कांग्रेसले त्यसबारे निर्णय लिन नसकेको गगनको ठम्याइ छ । यो अवस्थामा उनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

‘खुल्याम भ्रष्टाचार गरेको व्यक्तिको विषयमा पार्टीले ठोस निर्णय लिन नसक्नुको अवस्थालाई उहाँले गम्भीर रुपमा लिनुभएको छ’, स्रोतले भन्यो, ‘पार्टी भित्र यस्तै प्रबृति रहरिहे उहाँ मन्त्रीबाट नै राजिनाम दिन तयारीमा हुनुहुन्छ ।’

कार्की विरुद्ध लागेको महाभियोगको पक्षमा उभिएका थापासहितका कांग्रेस नेताहरुले पटक पटक सभापति शेरबहादुर देउवालाई भेटेर त्यसबारे तत्काल निर्णय लिन दबाब दिइरहेको तर त्यो विषयमा आनाकानि गरेपनि थापा राजिनामाको नजिकमा पुगेको स्रोतको भनाइ छ ।