काठमाडौँ, १२ कार्तिक । नेपालीहरुको दोस्रो महानपर्व विजयादशमी९तिहार० आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशी काग तिहार । आज कागको पूजा गरी कागतिहार मनाइँदैछ । यमपञ्चकको यो पहिलो तिथिदेखि पाँच दिनसम्म यमलोकबाट आफ्नी बहिनी यमुनालाई भेट्न यमराजले मत्र्यलोक विचरण गरेका हुन्छन् भन्ने प्रचलन छ ।
यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ छ ।
यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ।