Indrenionline.com

व्यवस्थापन समिति विघटन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं, ११ कार्तिक । सर्वोच्च अदालतले सामुदायिक विद्यालय व्यवस्थापन समिति तत्काल विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएको छ ।

गत साउन ५ गते तत्कालिन शिक्षामन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट तीन वर्षे कार्यकालको विद्यालय व्यवस्थापन समिति विघटन गरी नयाँ गठन प्रकृया सुरु गर्न निर्देशन दिएको थियो ।

निर्देशन विरुद्ध राजकुमार दास लगायतले सर्वोच्च अदालतमा दिएको निवेदन माथि अदालतले सुनुवाई गर्दै मन्त्री स्तरीय बैठकको निर्देशन खारेज गरी पुरानै व्यवस्थालाई निरन्तरता दिन आदेश दिएको हो ।