इन्द्रेणी संवाददाता
घोराही, १ जेठ
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन दाङले ५२ औँ स्थापना दिवसका अबसरमा आज घोराहीमा रक्तदान गरेको छ । स्थापना दिवसका अबसरमा रक्त सञ्चार केन्द्रमा विद्यार्थी संगठनका १० जनाले रक्तदान गरेका छन् ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष विरबल खड्काको अध्यक्षता एवं नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता एवं मोर्चा बिभाग प्रमुख बिबेक श्रेष्ठको प्रमुख आतिथ्यतामा रक्तदान गरिएको हो ।।