काठमाडौं, ११ कार्तिक । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई सिल्करोडबारे प्रवचन दिन चीनतिर गएका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराई दक्षिण चीनको ग्वान्झाओमा हुने २१औँ शताब्दीको सामुद्रिक सिल्करोड प्रदर्शनीमा सहभागी हुन बुधवार राती नै चीनतर्फ प्रस्थान गरेका छन् ।
बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र ग्वान्झाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ’ भन्ने शीर्षकमा भट्टराईले प्रवचन दिनेछन्।