काठमाडौं,११ कार्तिक । प्रमूख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
बैठकमा व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव, निर्वाचन, संविधान संशोधन, संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा शीर्ष नेताहरुबीच शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोग लगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको शीर्ष नेताहरुले जानकारी दिनुभएको छ ।