काठमाडौं, १० कात्तिक । भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरु रहने छन् । आयोगको सचिवस्तरीय बैठक भने बुधबार नयाँदिल्लीमा सुरु हुँदैछ । यो प्रयोजनका लागि परराष्ट्र सचिव शङ्करदाश बैरागी मंगलबार नै नयाँदिल्ली पुगेका छन् । बैठकमा नेपाल–भारतका बिचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुनेछ ।