इन्द्रेणी संवाददता
घोराही, १७ चैत।
५९ औं राष्ट्रिय सहकारी दिवस दाङमा पनि सप्ताहब्यापी कार्यक्रम गरी मनाउन सुरु गरिएको छ । राष्ट्रिय सहकारी दिवस मूल आयोजक समितिको आयोजनामा हिजोदेखी सम्पाहब्यापी रुपमा कार्यक्रम सुरु गरीएको हो । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ २० गतेसम्म विभिन्न कार्यक्रम गरी दिबस बनाईने भएको हो ।

आज पुरन्धाराको हापुरेमा आधारभूत सहकारी शिक्षा शिवर सञ्चालन गर्ने, घोराही तेरौटेका बृद्धबृद्धालाई फलफुल बितरण गर्ने, पर्सी देउखुरीको सोनपुर बृद्धाश्रम र लमहीको अस्पतालमा फलफुल बितरण गर्ने र बचत तथा ऋण सहकारी जिल्ला संघको आयोजनामा घोराही, तुलसीपुर र लमहीमा सहकारी सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी १९ गते जिल्ला सहकारी संघको सभाहल घोराहीमा जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता गरिने सहकारी डिभिजन प्रमुख विनोद पौडलेले बताउनुभयो ।१९ गते डिभिजन सहकारी कार्यालयमा रक्तदान गरिने र २० गते घोराहीमा सहकारी संस्थाहरुको ¥याली तथा अन्र्तक्रिया गरिने मूल आयोजक समितिले जनाएको छ ।।