नवलपरासी, १० कार्तिक । झण्डै २३ वर्षअघि जबर्जस्ती करणी गरेको अभियोग लागी फरार रहेका दुई दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।
दोषीलाई जिल्ला अदालतले यस अगावै पाँच वर्ष कैद सजायको फैसला गरेको थियो । ती लुकीछिपी बस्दै आएकामा प्रहरीले सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।