उमेर हद कटेर पनि तलब खाँदै आएका शिक्षकलाई समयमै अवकासका बारेमा जानकारी दिन परिपत्र गरेको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताउनुभयो । किताबखनाले गत गत ३ आर्थिक बर्षमा त्यस्ता शिक्षकबाट ६ करोड १८ लाख २० हजार २ सय ३१ रुपैंया असुल गरि राजश्वमा जम्मा गरेको थियो ।
कुनै पनि शिक्षकले ६० बर्षे उमेर कट्नु भन्दा ९ महिना अघिनै अवकासका बारेमा जानकारी दिनु पर्ने ब्यवस्था छ । तर, अटेर गरी तलब खाँदै आएका शिक्षकको संख्या बढ्दै गएपछि राज्यलाई थप ब्ययभार परेको ठहर सहित किताबखानाले लगत तयार गरी रकम असुल गर्न थालेको थियो । समस्या परिसकेपछि समाधान गर्नु भन्दा पनि समस्यै आउन नदिने गरी यसपटक बेलैमा परिपत्र गरेको ढुङ्गानाले बताउनुभयो ।
६० बर्ष कटेका शिक्षकलाई विस्थापन गर्ने वित्तिकै नयाँ क्षमता भएका शिक्षक कक्षामा पुग्ने र विद्यार्थीको सिकाइ सुधार हुने उहाँले बताउनुभयो ।।
