घोराहीमा निर्माण सुरु गरेको विपी कोईरालाको शालिक निर्माणकालागी कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले समन्वयकारी भूमीका निर्वाह गर्ने भएको छ । क्षेत्रको आज बसेको नियमीत वैठकले घोराहीमा निर्माण गर्न लागीएको विपी शालिक निर्माणकालागी नगरपालिका तथा गाविस समितिहरुसँग सहकार्य गरेर समन्वयकारी भुमीका निर्वाह गर्ने निर्णय गरेको हो ।
यस्तै आजको वैठकले क्षेत्रीय कोषाध्यक्ष आर.के.शीतल श्रीगाँउ ९ श्रीगाँउ निवासी नीमा बुढाथोकीसँग वैवाहित यात्रा सुरु गरेकोमा बधाई दिदै सफल दाम्पत्य जीवनको शुभकामना दिएको छ ।
साथै आजको बैठकले क्षेत्रीय प्रतिनीधी त्रिपुर ४ बुधौरा निवासी सुष्मा सिजवालको असोज २० गते र घोराही ४ डबरी निवासी क्रियाशील सदस्य एवं सुवेच्छुक पुष्पराज आचार्य र शेषकान्त आचार्यका पिता ९४ वर्षका तिलकराम आचार्यको कार्तिक २ गते भएको असामयीक निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको सचिव बद्रि खड्काले जानकारी दिनुभएको छ ।