जनक नेपाली
दाङ, तुलसीपुर ४ का स्थित पवित्रा बादीको घरको वातावरण यतिवेला रमाईलो छ । रातो माटोले लिपेको घर घपक्कै फूलेका सयपत्री फूलले नयाँ बस्तिमा पुग्ने जो कसैको मन कसो नछोला र ! तिहार आएसंगै गाउँ घरमा मादल खोज्न आउनेहरुको ओहोरदोहोरले गाउँनै रमाईलो बनाउँदै लगेको स्थानिय पवित्रा बादीले वताउँनुभयो ।
दशंै तिहार, माघी तथा अन्य पूजा,पर्वहरुमा नयाँ मादल खरिद गर्ने र पुराना मादल मर्मत गर्नेहरुकै कारण आफ्नो जीविका पार्जन गर्दै आएको भनाई छ। मादल बनाएरै सिजनमा ४० देखि ५० हजार आम्दानी गर्न सफल भएको छु उहाँले भन्नुभयो । चाडपर्वको समयमा निकै राम्रो आम्दानी हुन्छ तर , बर्षभरी यसरी आम्दानी भएमा परिवार पाल्न सहज हुन्थ्यो । पछिल्लो पुस्ताले मादल बनाउने पेसा छोड्दै जानु र दुई ÷चार जनाले मात्र मादल बनाउने पेसा अंगाल्दा मादल वनाउँने पेसा लोप हुदै गएको स्थानिय सुरेश बादीले उल्लेख गर्नुभयो ।
मादल बनाउन आवश्यक पर्ने कच्चापद्धार्थको अभावले यो पेसा सङ्कटमा परेको शुरेसले वताउनुभयो । मादलको घम बनाउँन प्रयोग गरिने खमारी , सिउडी, वाख्राको छाला, लगायतका सामाग्रीको अभावमा पेसालोप हुने अबस्था रहेको शुरेसको भनाई छ। नयाँबस्तिमा उत्पादित मादल दाङ, नेपालगंञ्ज, वुटवल, काठमाण्डौ , पोखरा लगायतका विभिन्न स्थानबाट मादलको माग बढेपनि उपलब्ध गराउन सकिएको छैन ।
बादी समुदायका युवायुवतीले पेशा परिवर्तन गरेर नयाँ पेशाहरु अंगालेका कारण पनि समस्या देखिएको उहाँले वताउनुभयो । । मादल बनाउँने शिप हुदाहुदै पनि आर्थिक अबस्था कमजोर हुदा धेरै मान्छेले मादल बनाउँने पेसावाट पलायन हुदै छन् त्यसले हाम्रो सिप र परम्परा लोप हुने अबस्थामा छ सुरेशले भन्नुभयो । परम्परागत मादल बनाउने पेसा आधुनिकरण गर्नका लागि राज्यले लगानी गर्नका लागि सहयोग गर्नुपर्ने उहाँको माग छ।