काठमाडौं ९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुडविल फाउन्डेसनका जनरल सेक्रेटरी माझी जियाङले भेट गरी प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै कार्यकालको सफलताको शुभकामना दिनुभएको छ ।
भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै सरकार राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तन र प्रगतिका लागि क्रियाशील रहेको जानकारी दिनुभयो ।