बिकाश डाँगी
तुलसीपुर, ९ कार्तिक । माण्डब्य समाज नेपालको प्रथम जिल्ला भेला सोमवार तुलसीपुरमा सम्पन्न भएको छ । गोत्र अनुसार आफ्ना बन्धुहरुलाई खोज्दै बंश पत्ता लगाई आत्मियता र र भार्तृत्व बिकास गर्नका लागी भेलाको आयोजना गरीएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी माण्डब्यले यत्र तत्र छरिएर रहेका बंशहरुलाई पत्ता लगाई भाइचाराको विकास गर्नेको लागी यो भेलाको आयोजना गरेको बताउनु भयो । समाजले देशका ६८ जिल्ला र भारतका ६ प्रान्तमा बंश खोज्दै जादा बाजुरामा वि.स १३३१ सालमा निर्माण गरीएको बंशको हस्थलिखित लिपि फेला परेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय प्रतिनिधि भिमकान्त भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सेवकराम भण्डारी,शशिधर अधिकारी लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा दाङ जिल्लाका विभिन्न माण्डब्य गोत्रका भण्डारी, श्रेष्ठ, ज्ञवाली, अधिकारी र कट्वालहरुको उपस्थिती रहेको थियो । जिल्लामा नंया कार्य समिती चयण गरीएको छ भने कार्यक्रमको सहजीकरण फल्कुदत्त भण्डारीले गर्नुभएको थियो ।