काठमाडौं, ८ कार्तिक । भारतको आन्ध्र प्रदेश र उडिसाको बोर्डरमा आज बिहान प्रहरीसँग भएको भिडन्तमा १८ माओवादी मारिएका छन् भने दुई प्रहरी घाइते भएका छन् ।
प्रहरीका अनुसार घटनास्थलबाट चार थान एके–४७ राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद भएको छन् । प्रहरी अधिकारीका अनुसार उनीहरुलाई माओवादीका उच्च कमाण्डर उक्त मिटिङका लागि आउने खबर प्राप्त भएपछि प्रहरीले शनिबार रातभरी सर्च अपरेशन चलाएको थियो ।