काठमाडौं, ८ कार्तिक । मेलम्ची खोलाबाट ल्याइने पानी प्रशोधन गर्नका लागि निर्माण भइरहेको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको काम लगभग अन्तिम चरणमा पुगेको छ ।
पहिलो चरणको साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माणपछि बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको क्षमता विस्तारका लागि ठेकेदार छनोटको काम भइरहेको आयोजनाले जनाएको छ । “अबको केही सातामा नै बाँकी साढे ८ करोड लिटर पानी प्रशोधनको क्षमता विस्तारको काम सुरु हुनेछ,” उनले भने ।