रुकुम, ८ कार्तिक । रुकुमको मुसीकोट नगरपालिका क्षेत्रभित्रका सडक कालोपत्र गरिने भएको छ ।
सडक कालोपत्र गर्न बजार क्षेत्रका स्थानीयले रकम सङ्कलन गरिरहेको स्थानीयवासी महेन्द्र केसीले बताए । बजार क्षेत्रको सडकलाई गत आर्थिक वर्षमै कालोपत्र बनाउने योजना भए पनि विभिन्न करणले गर्न नसकिएको बताइएको छ । बजार क्षेत्रको सडक कालोपत्र नभएकै कारण प्रत्येक वर्षको हिँउदमा धूलो र वर्षात्को समयमा सडक हिलाम्मे हुने गरेको थियो ।