कुसुम बि क
बर्दिया,८ कार्तिक । बर्दियाको कालिका रहेको सिवास पोख्रेलको कटेजमा हिजो दिउसो ३ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा जुवाको खाल बाट १ लाख ३२ हजार नगद रकम सहित १५ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक नेत्रमणि गिरीले बताउनु भएको छ । उहाका अनुसार उक्त कटेजमा हारजित हुनेगरी जुवा खेलिरहेको सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी कार्यालय कालिका को सयुक्त टोलीले नगद सहित उनीहरुलाई पक्राउ गरेको बताइउको छ ।
दशै सकिएर तिहार आउदा बर्दियामा जुवा खेल्ने र खेलाउने संख्या बढिरहेको बताइएको छ ।बर्दियाको सानोश्री ताराताल,बबइ नगरपालिकाको भुरिगाउ,शिवपुर,ठाकुरद्धारा,बासगढी नगरपालिका लगाएतका ठाउमा पनि जुवातास खेल्ने गरेको स्थानिय बासीले बताएका छन् । प्रहरीले यसको नियन्त्रण गर्न आफूहरु लागि परिरहेको बताएको छ ।