Indrenionline.com

नयाँ मापदण्ड अनुसारको स्थानियको संख्या अब अन्तिम

7-pardesh1काठमडौ ८ कात्तिक ।  स्थानीय निकायको पुनर्संरचना गर्न बनेको आयोगले अब अहिले तोकेको मापदण्ड र संख्याभन्दा माथि जान नसकिने जनाएको छ । दलहरुको आग्रहमा इलाकालाई पनि मापदण्ड बनाएर नयाँ संख्या तय गरेको र अब बढ्न नसकिने आयोगको भनाई छ ।

नयाँ मापदण्ड निर्माण गरेसँगै आयोगले अब स्थानीय तहको संख्या न्यूनतम ५०७ देखि अधिकतम ७४४ हुने तय गरेको छ । यसअघि आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहको सङ्ख्या ५६५ हुने थियो । स्थानीय तह पुनःसंरचना आयोग प्रवक्ता डोरमणी पौडेलले आयोगले धेरै कसरत गरेर संख्या तय गरेको र अब अगाडी बढ्न नसक्ने सीआईएनसँग बताउनुभयो ।

यसअघिका इलाका अस्तित्वमा नरहेकाले त्यसलाई आधार बनाउन नसकिएको तर एउटा आधकार रपमा लिइएको उहाँको भनाई छ । आयोगले केही समयपछि नयाँ प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको ।