Indrenionline.com

मेसु श्रेष्ठको विदाई

तुलसीपुर ८ कात्तिक । राप्ती अञ्चल अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डा.भोलाराम श्रेष्ठको आईतवार बिदाई गरिएको छ ।  स्वास्थ्य मन्त्रालय अन्तरगत चिकित्सा सेवा महासाखा प्रमुखको रुपमा सरुवा भई जानलागेका श्रेष्ठको एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । अस्पतालका निमित्त मेसु पदमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका श्रेष्ठले दुई बर्ष सम्म आफु कार्यरत रहेको राप्ती अञ्चल अस्पतालका समस्याहरु सामाधान गर्न तर्फ आफु तत्पर रहने प्रतिबद्धता बताएका थिए ।

उनले  राप्ती अञ्चल अस्पतालका लागि मन्त्रालयबाट आफुले गर्न सक्ने सबै समस्या सामाधान गर्ने  बताए । उनका अनुसार अस्पतालमा समस्याको रुपमा देखिएको दरबन्दी अनुसारका कर्मचारी पठाउने कामको आफ्नो पहिलो काम रहने उनको  भनाई थियो । दाङको तुलसीपुरमा रहेको अञ्चल अस्पतालको समस्यालाई आफुले नजिकबाट नियालेकाले त्यसको बिकासमा आफु लागि पर्ने उनले । श्रेष्ठका अनुसार अञ्चल अस्पतालमा भौत्तिक पुर्बाधार , दक्ष जनशक्तिको अभाब रहेको बताए । यो समस्या हल गर्न आफु लागि पर्ने प्रतिवद्धता उनले व्यक्त गरेका थिए ।

 कार्यक्रममा डा.बिनोद सिंह, अस्पताल नर्सिङ प्रमुख मालिका पाण्डे,ईमरजेन्सी ईन्चार्ज धर्मराज बुढा मगर , तुलसीपुर क्षेत्र सरोकार मञ्चका अध्यक्ष गोपीनाथ योगी , नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नायब शुब्बा नबेन्द्र गिरीले गरेका थिए ।