कुसुम बि क / बर्दिया
कार्तिक ८ बर्दियामा बाटोमा गुडिरहेको बस अनियन्त्रित भइ दुर्घटना हुदा एक जना गम्भिर घाइते भएका छन् । पुर्व पश्चिम यातायात बस व्यवसायी द्धारा संचालित ना ५ ख ४८९१ को डिलक्स बस बर्दियाको पदनाहा गाविस बाट राजधानी काठमाडौ जादै गर्दा बर्दियाको मगरागाडी २ जयपुर गाउको अग्लो पुलको नजिक बस अनियन्त्रित भइ दुर्घटना हुदा बसमा सवार ९ जना मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
सो बस दुर्घटना भए लगतै बस चालक शैलेन्द्र चौधरी भमगेको स्थानिय बासीले बताएका छन् ।अहिले बस र बसका साउ सालिकराम आचार्य इलाका प्रहरी कार्यालय मगरागाडीको नियन्त्रणमा रहेको सइ थापाले बताउनु भएको छ ।बस राजधानी काठमाडौ का लागि साझ ४ बजे पदनाहा छुटेको थियो ।