काठमाडौं, ७ कार्तिक । निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता गरिएको महाअभियोगको प्रस्ताव संसदबाट पारित गराउन दवाव आएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे जनमत बुझेर मात्रै काग्रेसले निर्णय लिइने बताएका छन्।
केन्द्रीय समिति बैठक जारी रहेको र छिट्टै संसदीय दलको बैठक पनि राखेर कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे कांग्रेसले संस्थागत निर्णय लिने सभापति देउवाले जानकारी दिए। देउवाले भने,‘यसबारे मेरो व्यक्तिगत कुरा केही छैन। हामी जनमतविरुद्ध निर्णय गर्दैनौं, ढुक्क भए हुन्छ।’