पर्वत, ७ कार्तिक । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटमा हिजो साँझ भएको आगलागीबाट रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।
पसलमा अचानक विद्युत् सर्ट हुन गई आगलागी भएको हो । उक्त आगो स्थानीय वासिन्दा तथा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीको सहकार्यमा नियन्त्रणमा लिइएको थियो ।