एजेन्सी, ७ कार्तिक । इराकमा बिद्रोही संगठन इस्लामिक स्टेटसँगको कारवाही चलिरहेका बेला सल्फर प्लान्टबाट निस्किएको विषालु ग्यासबाट सयौं मानिस प्रभावित भएका छन् । सल्फर प्लान्टबाट निस्किएको विषालु ग्यासका कारण प्रभावित भएकाको उपचार भइरहेको बिबिसीले जनाएको छ ।
अहिलेसम्म विषालु ग्यासका कारण दुईजनाको ज्यान गएको इराकी सेनाले जनाएको छ । इराकी सेनाले मोसुल शहरमा केन्द्रित भएर आइएसविरुद्ध कारबाही अभियान चलाइरहेको छ । मोसुल आइएसको गढ क्षेत्र हो ।