रबिन्द्र यादव
कार्तिक ६ नवलपरासी । नवलपरासीको कुडिया गाउँ विकास समिति मा अायोजित युवा सम्मेलनकाका वक्ताहरुले तराई मधेस मा जड बनाएर रहेको दाईजो प्रथाको अन्तय हुनुपर्ने मा जोड दिएका छन साथै धामीझाँक्री को नाममा अन्धविश्वास ,मानव बली, कुरीति रितीरिवाज जस्ता अमानवीय क्रियाकलाप हुँदै अाएको मा चिन्ता ब्यक्त गरेका छन । डेढ बर्ष अगाडि कुडिया गाविसको मर्चहवा गाउँमा धामीझाँक्री जस्ता अन्धविश्वासको नाममा दस बर्षिय बालकलाई बलि समेत दिइएको थियो ।
सो सम्मेलनमा मंचका उपाध्यक्ष युवराज मौर्या, सचिव रामेश्वर कोइरी, हरपुर का उप समितिका संयोजक दिपु जयसवाल, रमपुरवा उप समितिका संयोजक सुनिल पटवा, ठुलो खरेटवा उप समितिका संयोजक बाल गोविन्द यादव, भुजहवा उप समितिका संयोजक अम्मर यादव, पक्लिहवा उप समितिका उप संयोजक इसरायल अन्सारी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै सम्मेलनले ब्रिजेश गुप्ता को अध्यक्षतामा ११ सदस्यीय कुडिया उप समिति गठन गरेको छ जसको उपाध्यक्ष मा साजिदा खातुन, सचिवमा मुनिल गुप्ता, कोषाध्यक्षमा सलिकुन खातुन लगायतका रहेका छन्न । मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको विभिन्न गाविसमा उप समिति गठन गर्दै जनचेतनामूलक कार्यक्रम गर्दै अाएको देखिन्छ ।