बाँके, ७ कार्तिक । तीन वर्षमा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर पुगेको छ । सन २०१३ मा गणना गर्दा ४ वटा बाघ फेला परेकोमा सन २०१६ मा ९ वटा वयस्क बाघ भेटिएको निकुञ्ज प्रशासनले बताएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिहरूको पछिल्लो अवस्था पत्ता लगाउनका लागि २०७२ चैतको अन्तिम सातादेखि बाघको गणना सुरु गरिएको थियो ।
बाघ ओहोर दोहर हुने बढी संभावना भएका घाँसे मैदान, खोला, गोरेटो, अग्नीपथ र पोखरी भएका क्षेत्रमा १५ दिनसम्म स्वचालित क्यामरा राखिएको थियो ।
विश्वमै दुर्लभ मानिएको बंगाल टाइगर (पाटे बाघ) को संख्या नेपालमा सन् २०२२ भित्रै दोब्बर हुने संकेत देखिएको छ ।