काठमाडौं, ७ कार्तिक । आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमानहरू थपिने भएका छन् , स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र विमान थप्ने भएका हुन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने प्रक्रिया सुरु गरिसकेको छ । त्यस्तै निजी क्षेत्रका चार एयरलाइन्सले १३ वटा विमान थप्ने प्रक्रिया सुरु गरेका छन् ।
उडान अनुमति (एओसी) को प्रक्रिया अन्तिम चरणमा रहेकाले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने बित्तिकै दुई वटा जहाज नेपाल ल्याउने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलले बताए । जहाज ल्याउने बित्तिकै एयरलाइन्सले ५० सिट क्षमताको क्यानडियन कम्पनी छ ।
त्यस्तै एयरलाइन्सले बुद्ध एयरले उडान गरिरहेको एटीआर जस्तै सिरिज ल्याउने प्रक्रिया सुरु गरेको छ । यतीले ७२ सिट क्षमताका ४ वटा जहाज ल्याउने तयारी गरेको हो । यतीले हाल जेट स्ट्रिमका ७ वटा जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ ।
गोमा एयरले गत वर्ष २ जहाज खरिद गरेकोमा आगामी जनवरीभित्र थप एक जहाज ल्याउने अन्तिम तयारीमा गोमा एयरका निर्देशक सुमन पाण्डेले बताए ।