कार्तिक ६, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक लाजिम्पाटमा सम्पन्न भएको छ । शनिबार दिउँसो लाजिम्पाटमा सम्पन्न बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । केन्द्रीय कार्यालयको बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्तावबारे विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरेको छ ।