तुलसीपुर,६ कार्तिक । राप्ती बबई क्याम्पस पब्लिक प्राध्यापक संघ इकाइ समितिले क्याम्पसका प्राध्यापकहरुको विषयमा सञ्चार माध्यममा आएका विषयहरुमा ध्यानाकर्ष भएको जनाएको छ । बैठकले क्याम्पस प्रसासनले जिम्मेवार प्राध्यापकको व्यक्तीगत चरित्र हत्या जस्तो कार्य गरेका भन्दै त्यसको छानविनको पनि माग गरेको छ ।
इकाई सभापति महेश आचार्यको अध्यक्षतामा बसेको बैठकले क्याम्पसका जिम्मेवार प्राध्यापकहरुको व्यक्तीगत फाइल क्याम्पस प्रमुखको निर्देशनमा चरित्र हत्या गर्ने उदेश्यले सञ्चार संस्थामा ल्याइ प्रचार वाजी गरिएको भन्दै आपक्ती समेत जनाईएको छ । यो कार्यक्रले क्याम्पस लाइ नै आचआउने काम भएको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्ता नकारात्कम कुराले पार्ने असर र क्षती प्रति स्वयम क्याम्पस प्रमुख नै जिम्मेवार हुनु पर्ने र उत्तघटनाका सम्वन्धमा निश्पक्ष, उच्च स्तरिय छानवीन समिति गठन गरि दोशी माथि कडा कारवाही गर्न माग गर्द छौ विज्ञप्तीमा भनिएको छ । बैठकमा बहुमत कार्य सििमत र बहुमत प्राध्यापकहरुको सहभागिता रहेका पुष्टी गरिएको छ ।