जुम्ला, ६ कार्तिक । जुम्लामा गरिब घर पहिचानको सूचीमा आठ हजार घरधुरी सिफारिस गरिएको छ । जिल्ला गुनासो सुनुवाइ समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले यो सूचीमा आठ हजार एक सय ९१ घरधुरी सिफारिसका लागि निर्णय गरेको हो ।
राजनीतिकदलसहित सहभागी बैठकमा स्वीकृत गरिएको गरिबीको सूचीमा रहेका गाविस अनुसार बड्कीमा ३०४, विराटमा ३८९, बुम्रमाडीचौर १०४, चन्दननाथ ३०३, छुमचौर १७६, देपालगाउँ १७५, धापामा २२९, डिल्लीचौरमा ३६२, गज्याङकोटमा २०३, घोडेमहादेवमा २३६, गोठीचौरमा २५१, हाँकुमा ११४, कालिकाखेतुमा ३७४, कनकासुन्दरीमा २७४, कार्तिकस्वामीमा १७३ घरधुरी गरिब घर पहिचानको सूचीमा परेका छन् ।
त्यसैगरी, कुडारीमा ४७२, लाम्रामा १६०, महावैपाथरखोलामा ४०७, महतमा ८३, मालिकाबोतामा ८३, मालिकाठाटामा २५५, नराकोटमा ३५५, पाण्डपगुफामा २९३, पातारासीमा २६४, पटमारामा १६८, रारालिहीमा २०९, शनिगाउँमा ५४८, तलिउममा ३७२, ताम्तीमा ३२० र तातोपानीमा ५१८ घरधुरी सिफारिसका लागि सूचीकृत गरिएको जिल्ला विकास समिति जुम्लाका वरिष्ठ कार्यक्रम तथा सूचना अधिकृत क्षेत्रबहादुर बुढ्थापाले जानकारी दिए ।