प्यूठान ५ कात्तिक । केहि दिन अगाडी प्यूठानको जंगलमा बेवारिसे अवस्थामा शिशु भेटाएको भन्दै प्रहरीकोमा पुर्याएको बच्चा प्रहरीको मा बुझाउने महिला आफैको भएको रहस्य खुलेको छ ।
सिर्जना पाँच सन्तानकी आमा हुन् । उनले मजदुरी गरेर परिवार पाल्दै आएकी छन् । उनका पति पनि भारतमा मजदुरी गर्दछन् । वर्षेनी बच्चाहरु जन्मँदा लालनपालनमा समस्या भएकाले आफूले भेटाएको भनेर नाटक गरेको सिर्जनाले प्रहरीलाई बयान दिएकी छन् ।
प्यूठानकै पुँजा गाविसको एक घरमा मजदुरी गर्दै आएको बताउने सिर्जनाले घरपरिवार र माइतबाट समेत सहयोग नपाएको गुनासो गरेकी छन् ।
‘गरिवीका कारण झुटो प्रचार गरेरै भए पनि आफ्नो शिशुलाई उनले सुरक्षित गर्न खोजेको अनुसन्धानमा देखिएको छ,’ प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए ।