गाविस स्तरीय युवा सञ्जाल लक्ष्मिपुरको तेस्रो सम्मेलन सम्पन्न भएको छ । गाविस स्तरीय युवा सञ्जाल लक्ष्मिपुरका अध्यक्ष नविन अभिलाषीको अध्यक्षता एवम जिल्ला युवा सञ्जाल दाङका उपाध्यक्ष जंग रोकाको प्रमुख आतिथ्यता तथा लक्ष्मिपुर गाविसका सचिव पुनाराम गिरीको विशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा एमाले लक्ष्मिपुर गाउ पार्टी अध्यक्ष सम्भु पोख्रलले युवाहरुले गर्ने सकारात्मक कार्यमा सदैव सहयोग गर्ने जनाउनु भएको थियो ।साथै उहाले युवाहरुले अहिलेको अवश्थामा सामाजिक राजनितिक क्षेत्रमा चासो नदिइ विभिन्न दुर्व्यशनी एवम विदेस तिर आकर्षीत भएकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण युवा सञ्जाल लक्ष्मीपुरका सचिव गिर वहादुर महराले गर्नु भएको थियो ।।
यसै विच युवा सञ्जाल लक्ष्मिपुरको सम्मेलनले गिरवहादुर महराको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरि १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।।जसको उपाध्यक्षमा पानेश्वर सुनार सचिवमा सकुन्तला विक सह सचिवमा दिपा जिएम कोषाध्यक्षमा प्रमोद पन्थी रहनु भएको छ ।।त्यसैगरी सदस्यहरुमा टेकन गौतम , अमित नेपाली, सुदन कवर, विष्णु वली, मञ्जु रोका, गोमा सारु, लालवहादुर कवर, भुवन चौधरी, अलिसा सुनार रहनु भएको छ ।।