Indrenionline.com

वजारीकरणका लागि यस वर्ष जाजरकोटमा मह वर्ष मनाईने

दीपबहादुर घर्ती
जाजरकोट, ५ कार्तिक । यस वर्ष जाजरकोट जिल्लामा मह वर्ष मनाईने भएको छ । महको बजारीकरण गर्नका लागि यस वर्ष मह बर्ष मनाईने भएको हो । मौरी र मह उत्पादनका लागि मध्यपश्चिमकै सम्भावनायुक्त जाजरकोट जिल्लामा उत्पादित महको वजारीकरणलाई सुव्यवस्थित गर्न यस वर्ष मह बर्ष मनाउनु पर्ने बरिष्ठ कृषि विकास अधिकृत डा.श्रीराम घिमिरेले वताए ।

शुक्रवार बसेको कार्यदलको वैठकमा डा. घिमिरेले यस्तो वताएका हुन् । महलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न अन्तर्राष्ट्रिय स्तरकै प्रमाणिकरण गर्नु पर्ने अधिकृत घिमिरेले तर्क गरे । नेपालको महको सुरुको अन्तर्राष्ट्रि वजार नर्वे भएता पनि पछिल्लो समयमा नेपालको मह युरोपमा जाने गरेको चर्चा गर्दै डा. घिमिरेले सन् २००२ मा युरोपमा पुगेको नेपालको मह प्रमाणिकरण नभएको हुदा फिर्ता गर्नु परेको घटनालाई स्मरण गराए ।

राष्ट्रिय स्तरमै महको वजारीकरण गर्नका लागि महमा शुद्धता हुनु पर्ने वताउदै डा. घिमिरेले महको शुद्धताका लागि यसवर्ष जिल्लाका सम्पुर्ण मौरी पालक कृषकहरुलाई ज्ञान र सिप सम्वन्धी तालिम दिनु पर्ने वताए । साथै महको उपगोगितावाट मानव जीवनमा प्राप्त हुने पोषणकावारेमा पनि किसानहरुमा जनचेतना जागृत गर्नु पर्ने वताए । कार्यदलको वैठकको अध्यक्षता समेत गरेका डा. घिमिरेले मौरी किसानलाई ज्ञान तथा सिप सिकाउन महको ग्रिडिङ्ग र प्याकेजिङ्ग गर्न सिकाउनु पर्ने वताए भने्, महको वजार खोजी गर्न यसै वर्ष भित्र सरकारी तथा निजी क्षेत्र लाग्नु पर्ने वताए ।

महको वजारलाई व्यवस्थित गर्न जिल्लाका विभिन्न ठाउँमा मह संकलन केन्द्र र कोशेली घर स्थापना तथा निर्माण गर्नुका साथै त्यहाँ चाहिने उपकरणहरुको व्यवस्थापन गर्नु पर्ने वताए । साथै यसै वर्ष भित्र जिल्लामा भएका घरपालुवा तथा जंगलमा रहेका मौरीहरुको तथ्याङ्क संकलन गर्नु पर्ने वताए । किसानहरुलाई यसै वर्षमा मेलिफेरा मौरी पालनको अध्ययन भ्रमण गराउनु पर्ने वताए ।

जिल्लामा मनाउन लागिएको मह वर्षलाई अझ व्यवस्थित र श्रृजनात्मक वनाउन आगामी कार्य दलको वैठकले ठोस निर्णय गर्दै जाने वताईएको छ । कार्य दलको आगामी वैठक यही कार्तिक २४ गर्ते वस्ने निर्णय गरिएको छ । आगामी बस्ने कार्यदलको वैठकले मह बर्ष मनाउनलाई गरिने क्रियाकलापका लागि चाहिने वजेटको पनि व्यवस्था गर्ने वताईएको छ ।

जिल्लाको मौरी पालन व्यवसायलाई वातावरण मैत्री र महिला मैत्री वनाउदै लिनु पर्ने वताईएको छ । त्यसका लागि मह वर्ष आयोजक समितिको कार्यदलमा जिल्ला वन कार्यालय, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र महिला विकास कार्यालयलाई पनि समावेश गर्नु पर्ने वताईएको छ । गत वर्ष सम्पन्न ९ औं जिल्ला परिषदको निर्णय अनुसार यस वर्ष जाजरकोटमा मह वर्ष मनाउन लागिएको हो ।

जिल्ला कृषि विकास कार्यालयले मौरीको पकेट क्षेत्रका रुपमा जिल्लाको खलंगा, डाडाँगाउँ, लहँ, खगेनकोट, झाप्रा र मजकोटलाई मान्दै आएको छ । जिल्लाको विभिन्न ठाउँमा मौरीको मात्र जाजरकोटमा ४३ मेट्री टन मह उत्पादन हुने तथ्याङ्क सार्वजनिक गरिएको छ । हाल सम्म जिल्लाका किसानहरुले पालन गर्दै आएको मौरी सेराना जातको रहेको छ । जिल्लाका किसानहरुले आधुनिक, मुँढे तथा खोपे घारमा मौरी पालन गर्दै आएका छन् ।