काभ्रे, ५ कार्तिक । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विदेश नीति आन्तरिक राजनीति गर्ने भाँडो बन्न नहुँने बताएका छन् ।
उनले पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हिसाबले नेपालको तर्फबाट कुनै कमजोरी नभएको दाबी गरे । उनले सबै सदस्य राष्ट्र सहमत नभएकाले सम्मेनल रोकिएको बताए ।
उनले भने – ‘नेपालबाट भारत भ्रमण हुनेबित्तिकै के के न दिन लागेको भनेर सडक र सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ, हामीले ‘भारतले भनेको मान्ने हैन, आफ्नो कुरा राख्ने गरेका छौं, नेपालको स्वार्थ र आवश्यकताबारे हामी सचेत छौँ ।,’