Indrenionline.com

ज्ञानेन्द्रले निहुँ खोजे नागार्जुनबाटै हटाउँछौं : रक्षामन्त्री

इलाम, ५ कार्तिक । रक्षामन्त्री बालकृष्ण खाँडले पुर्वराजा ज्ञानेन्द्र शाहले धेरै निहुँ खोजे नागार्जुनबाटै हटाउने चेतावनी दिएका छन् ।

नेपाल तरुण दलले आज इलाममा आयोजना गरेको एक अन्तक्र्रियामा बोल्दै मन्त्री खाँडले पूवराजा शाहको सकृयता बढेको प्रति संकेत गर्दै निहुँ नखोजना चेतावनी दिए ।

उनले पुर्व राजा लेखेर राजाको हैसियतमा काम गर्न खोजेको भन्दै माथि पूर्वलेखेर तल श्री ५ लेख्न थालेको कार्य प्रति घोर आपत्तिजनक भएको बताए। उनले भने, ‘कुनामा पुर्याएको मान्छेले आफ्नै स्थानमा बस्नुपर्दछ।’