काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज विहान चिनियाँ उद्योग वाणिज्य तथा सार्वजनिक प्रशासन मन्त्री चाङ माओले शिष्टाचार भेट गरेका छन् ।
उनले चीनले अघि बढाएको वान वेल्ट वान रोडको सर्हाना गर्दै त्यसमा नेपालले सहभागी भई लाभ लिने वताए। मन्त्री चाङमाओले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको वताउँदै चिनीया कम्पनीहरुका लागि यहाँ काम गर्न राम्रो वातावरण भएकोमा खुशी व्यक्त गरेका थिए ।