सङ्खुवासभा, ५ कार्तिक । बालबिवाह गरेको भन्दै हिजो जिल्ला बाल क्लब सञ्जालले खाँदबारी ३ मानेभञ्ज्याङबाट बेहुला र बेहुलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
दुवै पक्षको परिवारको राजीखुसीमा बिवाह गर्न लागेको भएपनि बाल बिवाह दण्डनीय रहेको भन्दै दुवैजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाईएको जिल्ला बाल क्लब सञ्जालको अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । बालिका मानेभञ्ज्याङ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययरत विद्यार्थी हुन् ।