Indrenionline.com

तुलसीपुुरवाट पाँच जुवाडे पक्राउ

juwatas-312x295

तुलसीपुर, ५ कात्तिक ।  तुलसीपुरबाट जुवा खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर ५ वसपार्क नजिक जुवा खेलिरहेको अबस्थामा पाँच जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १० हजार नगद रकम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बरामद गरिएको रकम सहित पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानका लागि दाङ देउखुरी जिल्ला अदालत घोराहीमा पठाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनीहरु  बिहिबार दिउसो १२ बजेतिर पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।