स्याङ्जा, ५ कार्तिक । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतले गएको मङ्गलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० वर्ष गरी २२ वर्ष जेल सजाय तोकेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए ।
