काठमाडौं, ४ कार्तिक । व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने काम रोक्न निर्देशन दिएको छ ।
जथाभावी सम्बन्धन दिइएको तथा महंगो शुल्क लिइएको गुनासो आएपछि समितिले त्यसबारे अध्ययन गर्ने भएको हो । समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिले समितिलाई दिने प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयलाई थप निर्देशन दिने बताए । उपसमितिले १५ दिनभित्र प्रतिवेदन दिनेछ ।