काठमाडौं, ४ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म र दर्शन विश्वकै निम्ति अनुकरणीय रहेको बताएका छन् । अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलनलाई आज राजधानीको बनकालीमा सम्बोधन गर्दै उनले हिन्दुधर्मको विशेषता भनेकै शान्ति र मौलिकता रहेको बताए ।
उनले धर्ममा वैदेशिक हस्तक्षेप बढेको उल्लेख समेत सो अवसरमा उल्लेख गर्दै धर्म संस्कृतिमा कालो बादल मडारियो, यसलाई सुसंस्कृत बनाउन एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।