काठमाडौं, ४ कार्तिक । अब कृषकले घरमा पालेका तथा व्यावसायिक रुपमा फर्म सञ्चालन गरी गाईभैंसी पालेर गाईभैंसी सुत्केरी भए सुत्केरी भत्ता पाउने भएका छन् । सरकारले यसै वर्षदेखि लागू हुनेगरी गाईभैंसीलाई सुत्केरी पशुआहारा भत्ता अनुदान कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका १० जिल्लाका कृषकहरुले उक्त सेवा पाउने भएका छन् ।
गाईभैंसी सुत्केरी भत्ता पाउन कृषकले पशुको बीमा, सहकारीमा आवद्ध, पशु सेवा केन्द्रबाट पशु ब्याउने र ब्याएको प्रमाण तथा आधिकारीक निकायबाट गरिबी प्रमाणित भएका कृषकलाई प्राथमिकतामा रहेको छ । कार्यक्रम अनुसार हरेक गाईभैंसी ब्याएवापत कृषकले दुई हजार पाँचसय रुपैयाँ पाउँने छन् । यो कार्यक्रम सञ्चालन गर्न निर्देशनालयले सूचना समेत सार्वजनिक गरेको छ ।