काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र) को आज बसेको कार्यालयको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको तीन दिने गोवा भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको छ ।
प्रवक्ता भुसालका अनुसार नेपाल बिमस्टेकको अध्यक्ष हुनुको नाताले पनि अन्तर्राष्ट्रिय फोरममा आफ्ना कुरा प्रभावकारी ढंगले राख्ने अवसर मिलेको जानकारी दिँदै नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमूखबीच भएको त्रिपक्षीय आकस्मिक भएपनि नेपालका लागि सुखद् संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले त्रीदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दुरगामी महत्वको भन्दै समग्रमा प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । फरक प्रसङ्गमा प्रवक्ता भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्तविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिए ।