जनकपुर, ४ कार्तिक । धनुषामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–९ हरिहरपुर लालभित्तीका २१ वर्षका राजु महतोको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न नथुनी महतोलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै उनका छोरा विरेन्द्र र कान्छा थारु फरार भएको र उनीहरुको खोजी कार्य जारी रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले जानकारी दिए ।